काठमाडौँ । टी–२० श्रृङ्खलाको पहिलो खेलमा आज नेपाल र पाहुना टोली जिम्बाब्वे ‘ए’ टोलीबिच प्रतिश्पर्धा हुदै छ ।
खेल दिउँसो एक बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग अभ्यास खेल खेल्न लागेको हो।
नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन खेलको टी–२० र ती एक दिवसीय खेल्नेछ । हिजो हुने भनिएको पहिलो एक दिवसीय वर्षाका कारण रोकिएपछि खेल तालिका परिवर्तन गरिएको हो ।
टी–२० श्रृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल बुधवार हुनेछ ।