काठमाडौं । नेपाली फिल्म‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै आफ्नो लगानी उठाएको छ ।
दयाहाङ राई र सौगात मल्ल स्टारर भएको फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत दुई करोड रुपैयाँ ग्रस कमाएको छ ।
युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भइसकेको निर्माता मणिराम पोखरेलको भनाई छ । उनका अनुसार जेठ १३ गते नेपालसहित उक्त मुलुकमा एकसाथ फिल्म प्रदर्शन हुदै छ ।
निर्माता पोखरेलका अनुसार फिल्मका अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । यसपटक सिक्वेलको नाम ‘कबड्डी ४ ‘द फाइनल’ म्याच राखिएको छ ।