Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था भने सामान्य

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था भने सामान्य

काठमाडौँ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गएराति एक बजेतिर गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ ।

गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

खरेलले दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाडौँ आएर स्वास्थ्य जाँच गराएको बताएका छन् । शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको बताएका छन् । उनले अब केही दिन आराम गर्ने पनि बताएका छन् ।

यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको उनको भनाइ छ ।