काठमाडौं । लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले बिहीवार भने फेसबूकमार्फत एउटा भावुक स्टाटस व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसकुकमा यस्तो लेखेकी छन् :
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु,मार्न सक्छु
तिम्रो लागि आफैंलाई पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु ।
बिहीबार बिहान करिब दुई महिना पछि गायिका अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा उक्त स्टाटस पोस्ट गरेकी हुन् । उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् ।
पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाले जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।
उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।