काठमाडौँ । महानायक राजेश हमाल र सरु ढकालद्वारा अभिनीत पानी मीठो सलल बग्ने खोलीको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक प्रमोद खरेल र गाइका रचना रिमालले आवाज दिएको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफ देवेन्द्र पाण्डेले गरेका छन् । सुरज केसीको शब्द संगीत तथा केशब बडुको संगीत संयोजनमा रहेको उक्त गीतको कुमार रानाले ध्वनी मिश्रण गरेका हुन् ।
पानी मीठो बग्ने खोलिको बोलको गीत मारुनी स्टुडियोबाट रेकर्ड गरिएको हो भने सुरज के सी अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो । सह कोरियोग्राफरमा राजाराम सिंखडा रहेका छन् भने विपिन क्षेत्रीले छाँयाकन गरेका छन् । एड्भेन्चर ईन्टरटेन्मेन्टले दृष्य निमार्ण गरेको छ । यो गीतको सम्पादन नविन घर्तिले गरेका छन ।
हेर्नुहोस भिडियो
https://youtu.be/D8TDhDc1BRo