Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायक प्रदीप बास्तोला र चर्चित कोरियोग्राफर स्वयत्ना योन्जन डन्सिङ स्टर्स नेपालमा प्रतिस्प्राधा गर्दै

नायक प्रदीप बास्तोला र चर्चित कोरियोग्राफर स्वयत्ना योन्जन डन्सिङ स्टर्स नेपालमा प्रतिस्प्राधा गर्दै

नायक प्रदीप बास्तोलाले चर्चित कोरियोग्राफर स्वयत्ना योन्जन सँग मिलेर डन्सिङ स्टर्स नेपालमा प्रतिस्प्राधा गर्दै छन । नायक प्रदीप बास्तोला चलचित्रमा मात्र नभै टेलिभिजन सेरिज तथा म्युजिक भिडिओहरुमा पनि चर्चामा रहेका कलाकार हुन । उनले सन २००९ मा कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको कलेज नामक सिरिजबाट अभिनय सुरुवात गरेका थिए ।

कलेजको निक पात्रबाट लोकप्रियता कमाएपछि प्रदीपलाई अभिनय कारीयर अगाडि बढाउन सजिलो भयो। नेपाली कथानक चलचित्र अर्धकट्टि र शुभलभमा अभिनय गरेका प्रदिपले कथा काठमाण्डौ , पलाश ,लभ यु बाबा र कलियुज जस्ता चलचित्रहरुमा म्युजिक डिरेक्टर, गीतकार तथा गायकका रुपमा समेत काम गरेका छन ।

अश्वेत र दर्पन जस्ता नाटक मा थियटर आर्टिस्ट का रुप मा काम गरेका प्रदीप ले बुगिवुगी नामक रियालिटी शो पनि होस्ट गरेका छन भने अन्न्य प्रोग्राम हरु पनि होस्ट गर्दै आएका छन । डर्जनौ म्युजिक भिडिओ मा काम गरेका अभिनेता प्रदीप ले केही अवार्डहरु पनि प्राप्त गरेका छन । तर, मुख्य पेसा भने कलाकारितालाई बनाउँदै आएका छन्।

अहिले नायक प्रदीप दर्शक सामु भोटको लागि हात जोडीरहेका छन तर चुनावका लागि भने पक्कै पनि होइन , यो भोट डान्सिङ स्टार्स नेपालका लागि हो । उन्लाई भोट् गर्नका लागि खल्ती याप डाउन्लोड गरेर उन्को र कोरिओग्राफर को फोटो मा क्लिक गर्नु पर्नेछ । उन्को भोटिङ कोड ८ रहेको छ ।