लोकप्रिय गायक पवन ओलीको सृजनामा रहेको दुइओटै दोहोरी गीत युटुबको ट्रेनिङमा पर्न सफल भएको छ।हाल अमेरिका रहेका पवन ओलीले दुवै गीत २ हप्ताको अन्तरमा बजारमा ल्याएका थिए।हाल प्रहरी थुनामा रहेका नायक पल शाहले अभिनय गरेको दुवै गीत अहिले युटुब ट्रेनिङमा प्रवेश भएको हो।
पवन ओलीले आवज दिएका सबैजसो गीतहरु हिट छन यसैको सफलतामा उनले सृजना गरेका यी दुई गीत पनि निकै हिट गीत भित्र पर्दछ।लोक दोहोरी गीत 'दिन्थे मुटु झिकी' आज भन्दा २ हप्ता अगाडी बजारमा आएको थियो जसमा गायक निशान भट्टराइ र बिष्णु माझीले आवाज दिएका थिए।यस अगाडी सोहि गीत पवन ओली र बिष्णु माझीले गएका थिए।
नेपाली कलाकारहरु अमेरिका पुगेर अमेरिकाकै सरकारी निकायमा उच्च तहमा काम गर्ने कमै छन जस मध्यमा एक हुन् पवन ओली,कलाकारमा भने उनि एक मात्र हुन् सरकारी निकायमा काम गर्नेमा।उनि एक कर्मठ व्यक्ति भएकै कारण पनि हुन सक्छ मासिक रुपमा आफुले सकेको राम्रो सृजना बजारमा ल्याउदै आएका छन।
२ हप्ता पछि फेरी अर्को गीत बजारमा आएको छ।बिष्णु माझी र कुलेन्द्र बिकले आवाज दिएको उक्त गीत १ बर्ष अगाडी बिष्णु माझी र योगेन्द्र गौतमले आवाज दिएका थिए।पवन ओलीलेनै शब्द तथा लय गरेको उक्त गीत पनि अहिले युटुबमा धेरै हेरिनेमा र ट्रेनिङमा रहेको छ। दुवै गीतमा पल साहले अभिनय गरेका छन।हेरौ दुवै गीत तलको लिंकमा रहेको छ।