Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोहारी गित प्रतिष्ठान कास्कीको क्यालेन्डर विमोचन, विमोचनमा कार्यक्रममा कार्यसमिती सद्सय पौडेल सम्मानित

दोहारी गित प्रतिष्ठान कास्कीको क्यालेन्डर विमोचन, विमोचनमा कार्यक्रममा कार्यसमिती सद्सय पौडेल सम्मानित

पोखरा,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले नवबर्ष २०७९ सालको भित्तेपात्रो क्यालेण्डर बिमोचन गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम शनिबार पोखरामा सम्पन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । उनले क्यालेण्डर विमोचन गर्दै संस्थागत बिकासका लागि सबै कलाकार एकजुट हुनुपर्नेमा जोड दिएका छन् । निर्बाचनका बेला आउने र पदका लागि निर्बाचनमा जाने प्रबृद्धिले गर्दा संस्था अझै बलियो हुन नसकेको बिचार व्यक्त गरेका थिए । उनले लोक दोहोरी क्षेत्रमा देखिएको विकृतिलाई चिर्दै एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले संस्था बलियो बनाउन रचनात्मक काम गर्नु नै महानता हो । उनले भने कास्की प्रतिष्ठान हरेक काममा अव्बल रहेको बताउदै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रले आयोजना गरे टुर्वाग दोहोरी गित प्रतियोगितामा कास्कीकी महिला कलाकार अर्चना चापागाई सर्वोष्कृष्ट गायकका रुपमा उनलाई सम्मान गरेको थियो । सोहि अबसरमा प्रतिष्ठान कास्कीकी महिला उपाध्यक्ष जुना क्षेत्रीको जन्म दिन रहेकाले उनलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रम सबै भन्दा बढि रकम उठाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सदस्य सदस्य रचित पौडेललाई सम्मान गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक जीवन दाहाल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकी प्देशका तत्कालिन संयोजक तारापति सुबेदी,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सल्लाहाकार निलकण्ठ आचार्य, पत्रकार श्याम कुवर लगायतले लोक दोहोरी क्षेत्रको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा क्यालेण्डर प्रकाशन समितिका संयोजक एंव राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सदस्य प्रकाश बरालले क्यालेण्डर प्रकाशन मार्फत १ लाख ५७ हजार उठेको र ४० हजार खर्च भएको बताउदै १ लाख १७ हजार बचत गर्न सकिएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष टेक क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका बरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुबेदीले स्वागत मन्तव्य दिएका थिए भने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सचिव माधब चापागाईले कार्यक्रम संचालन गरेका थिए ।