Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकप्रिय गायक बसन्त थापा र लक्ष्मी मल्लले गाएको नया गीत युटुबको ट्रेनिङमा प्रवेश

लोकप्रिय गायक बसन्त थापा र लक्ष्मी मल्लले गाएको नया गीत युटुबको ट्रेनिङमा प्रवेश

काठमाडौं । लोकगायक तथा संगीतकार वसन्त थापाले ‘पाल्पाको चुकाउनी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको केहि समय न बित्दै युटुबको ट्रेनिङमा प्रवेश भएको छ।गीतमा वसन्त र लक्ष्मी मल्लको स्वर रहेको छ भने नवराज पन्तको शब्द तथा वसन्त स्वयंको संगीत रहेको छ । गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।

भक्तपुरको दही र पाल्पाको चुकाउनीलाई विम्बको रुपमा प्रस्तुत गर्दै मायाप्रेमको गीत तयार पारिएको वसन्तले बताए । गीतको भिडियोमा वसन्त, सुनिल क्षेत्री, समारिका–स्मारिका ढकाल फिचर्ड छन् ।दीपक एम सिंहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोका निर्माता सूर्य ओली हुन् ।