Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायीका अस्मिता अधिकारीको आवाजमा ’खुशी’ बजारमा

गायीका अस्मिता अधिकारीको आवाजमा ’खुशी’ बजारमा

काठमाडौं, सुगम संगीत क्षेत्रमा योगदान दिदै आउनु भएकि गायीका अस्मिता अधिकारीको आवाजमा अर्को नया गीत ’खुशी’ बजारमा आएको छ। उनले गाएको यो गीत पी आर म्युजिकले बजारमा ल्याएको छ। गीतमा शब्द मन्जु रिजालको छ भने संगीत सुन्दर मगरको रहेको छ।

केहि म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका एक आसलाग्दो मोडल प्रकाश दीप तिमल्सिना र समारिका ढकाल अभिनय रहेको भिडियोको निर्देशन भने सजान कटेलको रहेको छ। दिनेश पराजुलीको छायांकन रहेको भिडियोको सम्पादन भने राकेश दाहालले गरेका छन । पी आर म्युजिकको निर्माणमा रहेको यो गीत हेर्नुहोस :

https://youtu.be/9cb_R8bNq2Q