Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा पाचौं स्वयंभू रन प्रतियोगिता सम्पन्न

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा पाचौं स्वयंभू रन प्रतियोगिता सम्पन्न

काठमाडौं : स्वयम्भु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लबले पाचौ स्वयम्भु रन एथलेटिक्स प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।‘स्वस्थ रहनको लागि दौड’भन्ने नारा दिइएको प्रतियोगिता शनिवार काठमाडौंको स्वयम्भु स्थित भुईखेलमा आयोजना गरेको थियो । ५ किलोमिटर दुरीको खुल्ला दौड प्रतियोगितामा महिला र पुरुष गरी करिव १ सय ५० प्रतियोगिहरुले सहभागीता भएको क्लबका अध्यक्ष तथा प्रशिक्षक रमेश सुनारले बताए ।

उक्त खुल्ला दौड प्रतियोगितामा खुल्ला तर्फको ५ किलोमिटर दौडमा सरस्वती बोहोरा प्रथम भएकि छिन। बोहोराले निर्धारित दुरी २१ मिनेट ५५ सेकेन्डमा पार गर्दै प्रथम भएकि हुन् । यसैगरी सोनु घतानी दोस्रो तथा मनिषा गिरीले तेस्रो स्थान हासिल गरेकि थिइन। यसैगरी प्रतियोगितामा गोमा बुढा मगर चौथो र अस्मिता तमाङ पाचौ स्थान हासिल गरेकि छिन् । यस्तै महिलाकै १३ वर्ष मुनि समुहमा अस्बिना कार्कि प्रथम दोर्सो अस्मिता कार्की तेस्रो भावना नाथ बिजेता भएकि सोहि उमेरका पुरुष तर्फ किरण बोहोरा प्रथम'सुरेश परियार दोस्रो 'मनोज गुरुङ तेस्रो भएका छन् यसै गरी लेजर रन तर्फ रुषिका सुनार प्रथम् 'पुरुष तर्फ सोयब मान श्रेष्ठ प्रथम' खुल्ला तर्फ 'कबिता चौलागाइ र राहुल दर्शन प्रथम भएका छन

प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरेका खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, क्लबका अध्यक्ष रमेश सुनार ,राजन खत्री ' मुकुन्द हरी श्रेष्ठ 'सरु श्रेष्ठ क्ल्वका माहासचिव शैलेन्द्र मान श्रेष्ठ लगायत अतिथिहरुले मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका छन प्रथम हुनेलाइ ५०००, दोश्रो ३०००,तेस्रो २००० चौथो र पाचौ लाइ एक /एक हजार नगद पुरुस्कार दिइएको छ कार्यक्रममा उपस्थित अतिथिहरुलाई क्लबका अध्यक्ष रमेश सुनार तथा महासचिव शैलेन्द्रमान श्रेष्ठले मायाको चिनो प्रदन गर्नुभयो ।

स्वयम्भु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब मिति २०७६ साल भाद्र ६ गते देखि औपचारिक रुपमा स्थापना भई स्वयंभु क्षेत्रमा एथलेटिक्स खेल र अन्य विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आइरहेको क्लबका उपाध्यक्ष श्रीकृष्णा महर्जनले जानकारी दिए । यसअघि पनि क्लबले चौथो संस्करणका प्रतियोगिता समपन्न गरिसकेको थियो । नेपाली खेलकुद क्षेत्र र विशेषत एथलेटिक्स खेलको विकास विस्तारका लागि विभिन्न कार्यक्रम गर्ने मुल उद्देश्य बोकेर क्लबले आफ्ना प्रशिक्षण तथा खेल कार्यक्रमका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । स्वस्थ रहनको लागि दौड’भन्ने नारा लिई सफलता पुर्वक कार्यक्रम सम्पन्न गरेको जानकारी क्लबका प्रशिक्षक तथा माहासचिव शैलेन्द्र मान श्रेष्ठले जानकारी दिए