Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भगवतीद्वारा अमेरिकी पुरुष रेस्लर पराजित

भगवतीद्वारा अमेरिकी पुरुष रेस्लर पराजित

काठमाडौँ — नेपाली महिला रेस्लर भगवती खड्का (युनिका)ले शनिबार भएको रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लर पेड्रालाई हराएकी छन्

नेपाली महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित फाइटमा भगवतीले पेड्रोलाई सिंगल म्याचमा हराएकी हुन् । भगवतीसँग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसँग ट्रिपल थ्रेट म्याच खेलेका थिए । त्यसमा पेड्रोले बाजी मारेका थिए । त्यसपछि भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि ‘च्यालेन्ज’ गरेकी हुन् ।

भृकुटीमण्डपमा भएको प्रतियोगिताको पुरुष सिंगल म्याचमा नेपाली ब्रोले पाकिस्तानका शेर खानलाई हराए । महिलाका दुई भिडन्तमा मनीषा रानाभाटले सपना माझीलाई र स्नेहा थापामगरले सपना गोपालीलाई हराएका थिए ।