Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित गायक अमृत सापकोटा र उनको श्रीमती सुनिता बगदासले गाएको नया गीत 'दिलमा लेखेको'चर्चामा

चर्चित गायक अमृत सापकोटा र उनको श्रीमती सुनिता बगदासले गाएको नया गीत 'दिलमा लेखेको'चर्चामा

लोकदोहोरी गायक अमृत सापकोटा र उनको श्रीमती सुनिता बगदास सापकोटाले आवाज दिएको मार्मिक लोकदोहोरी गीत 'दिलमै लेखेको' बजारमा आएको छ।एक प्रेमी प्रेमिकाको बास्तबिक कथा जोडिएर बजारमा आएको उक्त गीतमा लय भने गोबिन्द पंगेनीले भरेका छन।

अमृत सापकोटाकै उत्कृष्ट शब्द रहेको गीतमा धनगडीको बसमा गीतका मोडल गोबिन्द भट्टराइ र रोशनी कार्कीले दमदार अभिनय गरेका छन।लामो समयको अन्तराल पछि अमृत र सुनिताले संगै गाएको यो अर्को नया गीत हो।पहिलो एल्बम संगै बजारमा ल्याए पछि यी जोडीले एउटा तीज गीत गाएका थिए।

बिक्रम चौहानले निर्देशन गरेको गीतको छायांकन भने प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन बिकले गरेका हुन्।बिशाल इन्टरटेण्डमेन्टले बजारमा ल्याएको उक्त गीतले छुट्टै चर्चा पाउनेमा पक्का देखिन्छ।हेरौ यो बिशेष गीतको भिडियो :