Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सक्किगोनीका बलेले खेलेको सुमी घिमिरे सापकोटाको छैठौँ कोशेली लोकदोहोरी गीत "शिरिरी"

सक्किगोनीका बलेले खेलेको सुमी घिमिरे सापकोटाको छैठौँ कोशेली लोकदोहोरी गीत "शिरिरी"

युरोपमा रहेर नेपाली लोकदोहोरी गीतको संरक्षण एवम् सम्बर्द्धनमा सक्रिय सुमी घिमिरे सापकोटाको छैठौँ कोशेली लोकदोहोरी गीत "शिरिरी" सुभारम्भ डिजिटल म्युजिक च्यानलमार्फत् हालै सार्वजनिक भएको छ।

प्रत्यक्ष दोहोरी प्रतियोगितामा अब्बल मानिने म्याग्देली गायिका सुमीका यस अघि पनि झुक्यायो मलाई, घाइते मुटु, माछा पानीमा, आँसुको परिक्षण, आऊ सानु पिरती लाउन लगायतका गीत बजारमा आएका छन्।

नेपाल रहँदा थुप्रै प्रतियोगितामा विजयी भएकी गायिका सुमी ,शब्द/लय सिर्जना, स्वर तथा अभिनयमा समेत पोख्त हुनुहुन्छ। प्रदेशमा नोकरी तथा परिवारको जिम्मेवारी समेतलाई व्यवस्थापन गर्दै सांगीतिक कार्यक्रममा प्रस्तुती दिनु उहाँको कदरयोग्य पक्ष हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको संस्थापक र निवर्तमान अध्यक्ष समेत रहनु भएको उहाँले स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, नोर्वे, लक्जेम्बर्ग, पोर्तुगल लगायतका देशमा आफ्नो प्रस्तुती दिइसक्नु भएको छ। सामाजिक कार्यमा समेत उत्तिकै रुचि भएकी उहाँ गैर आवासीय नेपाली संघ, स्पेनको निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ।

प्रेमको जालमा पारेर विस्तारै तर्किन खोज्ने मायालुलाई त्यसो नगर्न गुनासो गरिएको यस आकर्षक गीत/भिडियो "शिरिरी"मा हरि गिरी 'विमर्शी'का शब्द, सुमी घिमिरे सापकोटाको लय र उहाहरुकै स्वर रहेको छ भने कृष्ण के.सी.को एरेञ्ज, एकिन्द्र शाराशंकरको निर्देशन तथा सागर लम्साल 'बले'र गीता ढुंगानाको अभिनय रहेको छ।