Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मर्स्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गर्नुभयो । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

यता पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा मनाङका गोल रक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित भए ।