काठमान्डौ-लोक संचारकर्मी कमल सरगम माथी भएको दुर्व्यवहार प्रति राष्ट्रिय लोक संचारकर्मी नेपालले आपत्ति जनाएको छ। संचारकर्मी सरगमले आफ्नो पेसा अनुसार काम गरेको हुदा पनि पेसा माथिनै औला उठाउने र धम्काउने काम भएको भन्दै लोक संचारकर्मीका उपाध्यक्ष चन्द्रमणि गौतमले एक बिज्ञप्ति जारि गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको राष्ट्रिय टुबोर्ग दोहोरी रनिङ्गसिल प्रतियोगिताको रिपोर्टिङ्ग गर्न पुगेका लालीगुराँस डटकमका संचालक तथा राष्ट्रिय लोक संचारकर्मी नेपालका केन्द्रीय सदस्य समेत रहेका सरगम माथी लोक दोहोरी प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले अपमानित शब्द सहित दुर्व्यवहार गरेका थिए। राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरि बल्लब नेपालले पनि उक्त घटनाको बिषयमा सत्यतथ्य छानबिन गरि पिडितलाई न्याय दिन सम्बन्धित संस्था लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई अनुरोध गरेका छन।
लोक संचारकर्मीको बिज्ञप्ति :
हिजो २०७८ चैत्र १९ गते बेलुका ८ बजे भृकुटीमण्डपमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको योजनामा भएको खुल्ला टुबोर्ग लोक दोहोरी प्रतियोगिताको समाचार संकलन गर्ने क्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका सदस्य तथा लालिगुरास डटकमका पत्रकार कमल सरगममाथि भएको दुर्व्यवहारप्रति हाम्रो राष्ट्रिय लोक संचारकर्मी नेपालको ध्यानाकर्षण भएको छ।
लोक कला सस्कृति ,भेषभुषा,मौलिक परम्पराको क्षेत्रमा आवाज उठाउदै आएका लोक संचारकर्मीको पेसागत हक हित र न्यायका लागि संचारकर्मीको स्थापना भएको हो ,सोहि अनुरुप कुनै संचारकर्मी पिडामा पर्छन भने हाम्रो संस्था हेरेर बस्न सक्दैन।
रिपोर्टिङ्ग गरिरहेकै समयमा दोहोरी प्रतियोगितामा पराजित भएकी तारा थापाको टिम संग अन्तरबार्ता लिने क्रममा प्रतिष्ठानकै उपाध्यक्ष कलाकार दिपक खड्काले पत्रकार चौलागाईंमाथि दुर्व्यवहार गरेका थिए।खड्काले तत्काल क्यामेरा बन्द गर भन्दै गालि गलौज गरि क्यामेरा समेत बन्द गर्ने प्रयास गरेको पिडित चौलागाईंको भनाइ छ।
हरेक घटनाको सत्यतथ्य सुचना पाउने जनताको अधिकार हो,उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सुचना संकलन गर्न जादा पत्रकार सरगम माथि कलाकार दिपक खड्काबाट गरिएको दुर्व्यवहारले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ।
त्यसैले राष्ट्रिय लोक संचारकर्मी नेपाल उक्त घटनाको घोर निन्द यबम भत्सना गर्दै दोषी उपर कारबाहीको माग गर्दछ।”
