Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायक पल शाह र एलिजा गौतमले खेलेको दोहोरी गीत युटुबको पहिलो स्थानमा,पवन ओलीलाई अर्को सफलता

नायक पल शाह र एलिजा गौतमले खेलेको दोहोरी गीत युटुबको पहिलो स्थानमा,पवन ओलीलाई अर्को सफलता

नेपाली लोक दोहोरी क्षेत्रमा सबै नेपालीको मन मुटुमा बस्न सफल लोकप्रिय गायक तथा सर्जक पवन ओलीको सृजनामा सिर्जित गीत 'दिन्थे मुटु झिकी' बजारमा आएको छ।गत बर्ष पवन ओलीलेनै आवाज दिएको यो गीतलाई पुन रेकर्ड गरि गायक निशान भट्टराइको आवाज राखिएको छ। बिष्णु माझीले निशान भट्टराइलाइ साथ् दिएकी छिन यस पटक पनि।

पवन ओलीकै शब्द संगीतमा तयार पारिएको यो गीत अहिले नेपाली संगीत बजारमा युटुबको ट्रेनिङको पनि शिर्ष स्थानमा रहेको छ भने आम दर्शकले सबैतिर यही गीतलाई चर्चामा पुर्याएका छन। गीतमा हाल प्रहरीको थुनामा रहेका नायक पल साहले अभिनय गरेका छन भने उनलाई साथ् नायिका एलिजा गौतमले दिएकी छिन।

शिब बिकले निर्देशन गरेको भिडियोको सम्पादन भने मिलन बिश्वकर्माले गरेका हुन्।अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियो पवन ओलीकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।भिडियो हेरौ :