Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतीय चलचित्र आरआरआरको कमाई ७ दिनमा ७०० सय करोड

भारतीय चलचित्र आरआरआरको कमाई ७ दिनमा ७०० सय करोड

एसएस राजामौलीको निर्देशनमा बनेको चलचित्र ‘आरआरआर’ ले प्रदर्शनको ७ दिनमा ७०० करोड भन्दा धेरै कमाई गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले विश्वभरमा ७ औँ दिनसम्म आइपुग्दा ७ सय १० करोडको कमाई गरेको हो।बजार तथ्यांकका अनुसार प्रदर्शनको ७ औँ दिनमा ३० करोड कमाएको आरआरआरको कमाई ७ सय करोड नाघेको हो।

कोरोना भाइरस महामारीले पटक पटक प्रदर्शन मिति सारेको यो चलचित्रले अहिले भने बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ।चलचित्रमा रामचरण र जुनियर एन टि आरको मुख्य भूमिका छ भने यही चलचित्रमा बलिउडकी चर्चित अभिनेत्री आलिया भाट र अजय देवगणको केमियो भूमिका रहेको छ।