Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायक पल शाह र अन्जली अधिकारीले खेलेको दिलिप कुमार श्रीषको गीत 'पियारी' एकाएक चर्चामा

नायक पल शाह र अन्जली अधिकारीले खेलेको दिलिप कुमार श्रीषको गीत 'पियारी' एकाएक चर्चामा

नेपाली दोहोरी क्षेत्रमा अर्को अध्याय कोर्नको लागि अमेरिकामा बस्दै आउनु भएका सर्जक तथा गायक दिलिप कुमार श्रीषको अर्को उत्कृष्ट लोकदोहोरी गीत 'पियारी' बजारमा आएको छ।नायक पल शाह प्रहरी हिरासतमा जानु भन्दा केहि दिन अगाडी मात्रै यो गीतको सुटिङ्ग भएको थियो।

उनि संगै नायिका अन्जली अधिकारीले अभिनय गरेको गीत अहिले युटुबमा सर्बाधिक रुचाईएको छ। फरक शैलीमा निर्माण भएको उक्त गीतमा सायरी शैली बिशेष रुपमा राखिएको छ भने गायन शैलीलाई पनि उतिकै प्राथमिकतामा राखेर बजारमा ल्याईएको छ।गीतमा दिलिप कुमार श्रीषकै उत्कृष्ट शब्द र संगीत रहेको छ। गीतमा कलाकार योगेश काजीले अभिनय र संगीत संयोजन समेत गरेका छन।

दिलिप कुमार श्रीषलाइ आवाजमा भने गायिका शान्ति श्री परियार र अस्मिता अधिकारीले साथ् दिएका छन। गम्भीर बिष्टको निर्देशन रहेको भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका छन संगै सम्पादन भने नबिन निरौलाले गरेका हुन्।भिडियो निकै उत्कृष्ट बनेको निर्माण टिमले बताएको छ।हेरौ दिलिप कुमारकै युटुबमा रहेको यो उत्कृष्ट गीत 'पियारी'