Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चैत २५ देखि ३० सम्म टुँडिखेलमा राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने ,प्रथम पुरस्कार ५ लाख

चैत २५ देखि ३० सम्म टुँडिखेलमा राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने ,प्रथम पुरस्कार ५ लाख

काठमाडौँ। ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो ।

विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ । प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख,दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङ्गको प्रस्तुति रहने छ।