केजीएफ च्याप्टर २ को ट्रेलर नै चर्चामा, चलचित्र कस्तो होला ?बहुप्रतिक्षित चलचित्र केजीएफ च्याप्टर २ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर रिलिज भएदेखि नै चर्चाको विषय बनेको छ ।
चलचित्र १४ अप्रिलमा रिलिज हुनेछ । यसअघि यो फिल्म सन् २०२० मा रिलिज हुने तय भए पनि कोरोना महामारीका कारण रिलिज मिति पटक–पटक सारिएको थियो ।केजीएफ फिल्मको पहिलो भाग २०१८ मा रिलिज भएको थियो । कन्नड, तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज भएको फिल्मले धेरै रेकर्डहरू बनाएको छ ।
https://youtu.be/JKa05nyUmuQ