काठमाडौं, भोईस किड्स्का बाल गायक सुप्रिम मल्ल र चर्चित बाल गायिका पुजा देवकोटाको आवाजमा नया लोकदोहोरी गीत ‘देऊरालीलाई भेटी’बजारमा आएको छ।गीत सार्बजनिक भएको केहि समय नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ ।
गीतमा शरद पाण्डेको शब्द र संगीत विक्रम परियारको रहेको छ । गितमा एरेन्ज भने शुनिल परियारले गरेका हुन् |
प्रविण थापाको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सुप्रिम मल्ल र पुजा देवकोटाको अभिनयलाई नै देख्न सकिन्छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा वीरेन्द्र भट्टको छांयाकन रहेको छ भने सम्पादक शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।
उक्त गितको म्युजिक भिडियो Baba Entertainment TV नामक युटुव च्यानलबाट बजारमा पठाईएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :