काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित दोहोरी गायक रामजी खाँड र गायिका सम्झना लामिछाने मगरको आवाजमा रहेको नयाँ दोहोरी गित 'मौरी भुनु भुनु' भखरै सार्वजनिक भएको छ ।उक्त गितमा शब्द सृजना सर्जक सुजन लम्सालले गरेका हुन् भने संगीत गायक रामजिकै रहेको छ ।
मौसम हिमालीको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा रामजी खाँड र सम्झना लामिछाने मगरकै अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा नवराज उप्रेतीको छांयाकन रहेको छ भने भ्दियोको सम्पादक मिलन विश्वकर्मा रहेको छ ।
उक्त गितको म्युजिक भिडियोन Samjhana Lamichhane Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :