Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

चर्चित गायिका लक्ष्मी खड्का र गायक सर्जक मोतिराज खनालको पैसाको बिटो गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

चर्चित गायिका लक्ष्मी खड्का र गायक सर्जक मोतिराज खनालको पैसाको बिटो गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

काठमाण्डौं, गायक तथा सर्जक मोतिराज खनालले सम्पुर्ण संगीतप्रेमी मनहरुको माझमा पैसाको बिटो नामक लोकदोहोरी गीतको भिडियो दर्शक समक्ष लिएर आएका छन । गायक मोतिराज खनालको शब्द तथा लयमा आधारित गीती एल्बम पैसाको बिटोमा गायक खनाल र गयिका लक्ष्मि खड्काको मिठो आवाज सुन्न सकिन्छ ।

अत्यन्त मर्मस्पर्सि गीतको शब्द पनि उत्तिकै मार्मिक र मनछुने खालका छन । जनजिब्रोमा झुण्डिने खालको थेगो चाहिंदैन पैसाको बिटोमायाको बोलीले मन जितो बोलको गीतमा अहिले चर्चामा रहेकी मोडल सजिना लामिछानेको अभिनय रहेको छ ।

लामिछानेले दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन मोडल लामिछाने निर्देशक पनि हुन । यो गीतमा मोडल लामिछानेकै निर्देशन रहेको छ । त्यसैगरी यस गीतका मोडल नव प्रतिभाशाली कलाकार मिलन न्यौपानेको रहेको छ । हेर्दै आकर्षक लाग्ने न्यौपानेको पहिलो प्रयास भएतापनि अभिनय प्रखर रहेको छ । यस गीतको भिडियो छायाङ्कन बिपिन चौलागाइले गरेका हुन ।

NEPAL BANK POST ADD

सुर संगित रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत ओ एस आरले बजारमा ल्याएको हो । गित संगितको बजारमा निरन्तर अगाडि बढ्दै गरेका खनालले पहिलो दिनमै गीतबाट राम्रो प्रतिक्रिया आएको बताएका छन ।

खनालको गत तीजमा निकालेको जम्काभेट नामक गीतले पनि बजार तताएको थियो । दर्जनौ गीत संगितको साथै खनालका कमेडि सिरियल पनि बजारमा आइसकेका छन । यसैगरी गायिका लक्ष्मि खड्का अहिले गीत संगितमा धमाका पिट्दै छिन ।

मिठो आवाज भएकी खड्काले पनि दर्जन गित गाएकी छन अहिले उनको स्वर रुचाउने दर्शकको ठुलो जमात छ ।

[embed]https://youtu.be/Z3-en682SpY[/embed]