Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

कलाकार समाजको महिला उपाध्यक्षमा कल्पना सुनुवार निर्बिरोध निर्बाचित

कलाकार समाजको महिला उपाध्यक्षमा कल्पना सुनुवार निर्बिरोध निर्बाचित

काठमाडौं, रामेछाप साँस्कृतिक कलाकार समाजको महिला उपाध्यक्षमा लोकदोहोरी गायिका कल्पना सुनुवार निर्बिरोध निर्बाचित हुनुभएको छ । यहि पौष १७ र १८ गते दुई दिनसम्म मन्थलीमा भएको चौथो अधिबेशनद्धारा चर्चित गायिका कल्पना सुनुवार निर्बिरोध निर्बाचित भएकी हुन् ।

त्यस्तै अध्यक्षमा चर्चित गायक कुमार कार्की बरिष्ठ उपाध्यक्ष उत्तम पौडेल, प्रथम उपाध्यक्ष युनिक विफा घिसिङ, द्धितिय उपाध्यक्ष सन्ध्या सानु पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी समाजको महासचिव गोविन्द गौत्तम, सचिव गुणराज श्रेष्ठ, सहसचिव सन्तोष पौडेल, प्रवक्ता रामकुमार नेपाली, कोषाध्यक्ष सविन चौहान, सहकोषाध्यक्ष तिर्थविरक्त पाख्रिन निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी विनोद लामा, सिर्जना रोक्का, संगिता केसी, वविता पोखरेल, रमेश खत्री, सन्ध्या सुस्केरा मोक्तान लगाएत १६ जना कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै,रामेछाप साँस्कृतिक कलाकार समाजले पत्रकार हिमाल ढुङ्गेल सहित एक दर्जन भन्दा बढी कलाकारहरुलाई सम्मान गरेको छ । रामेछाप साँस्कृतिक कलाकार समाजले आफ्नो १२ औँ साधारण सभा तथा चौथो अधिबेसनको अवसरमा पत्रकार ढुङ्गेल सहित एक दर्जन भन्दा बढी कलाकार सम्मान गरेको हो । नेपाल टेलिभिजनका जिल्ला संवाददाता रहेका ढुङ्गेल लामो समयदेखि पत्रकारिता पेशमा संक्रिय रहेका छन् । राष्ट्रिय टोपी दिवसको अवसरमा ढाकाको टोपी र सम्मानपत्रसहित ढुङ्गेललाई सम्मान गरिएको हो । उनी नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष समेत हुन् ।

स्रष्ट्रा सम्मान तथा बह्त साँस्कृतिक कार्यक्रम मार्फ कलाकारहरु चादनी मोक्तान, अनिता बस्नेत, रञ्जीता गुरुङ्ग, पार्वती कार्की, डिवि खनाल, खेम सेञ्चुरी, विक्रम जंग शाह, शिवहरी पौडेल, नवराज घोरासैनिलाई सम्मान गरेको हो । कलाकार समाजले आफ्नो साधारण सभाको अवसरमा प्रत्यक बर्ष स्रष्ट्रा सम्मान कार्यक्रम राख्दै आएको छ । समाजले धामी झाकीँ प्रर्दशन गरी साँस्कृतिक कार्यक्रम सहित आफ्नो साधारण सभा तथा अधिबेसन गरेको छ ।