Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’

ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’

काठमाडौं, कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासले फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थागित भएको छ । निर्मातासमेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत चलचित्रको रिलिज स्थगित भएको जनाएका छन् ।

‘चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरू, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ,’ सेनले लेखेका छन्, ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचारप्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौं । भारतमा फिल्म हल बन्द हुने क्रम बढेकाले त्यहाँका वितरक समूहको सुझावलाई मनन गर्दै रिलिज स्थगित गरिएको छ ।’

नेपाल र भारतको अलवा अन्य देशमा पनि एकै मितिमा फिल्म प्रदर्शन गर्न अहिले अनिश्चितकालका स्थगित गरिएको सेनले उल्लेख गरेका छन् । फिल्म १३ फागुन रिलिज गर्ने तयारी थियो । दुई वर्षअघि पनि फिल्म कोरोनाको कारण स्थगित भएको थियो ।

प्रदीप खड्का, क्रिस्टिना गुरु, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहेको छ ।

यो पनि पढनुहोस

कपिलवस्तुमा आज बिहान ट्याक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु४ त २४०२ नम्बरको ट्याक्टर बुद्धभुमि नगरपालिका–३ रनगाईमा बिहान ७ बजे पल्टिदा दुई महिलाको मृत्यु र चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुघर्टनामा परी मृत्यु हुनेमा शिवकुमारी थारु र फुलकुमारी थारु रहेका छन् । त्यस्तै, बलराम सुनार, कृष्ण विक, सरिता थारु, सीमा थारु घाइते भएका छन् भने बलराम थारुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर बालुवा लिनलाई मजदुर लिएर बृद्धभुमि जाने क्रममा दुर्घटनामा परेको थियो ।