Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुँदै

ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोलीबीचको खेल दिउसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । गत सिजनको पछिल्लो भेटमा दुई टोलीबीचको खेल बराबरीमा रोकिएको थियो ।

जारी लिगमा हिमालयन शेर्पाले एक अंक जोडेको छ भने एपीएफ अंक विहीन छ । हिमालयन शेर्पाले पहिलो खेलमा पुलिस क्लवलाई बराबरीमा रोकेको थियो । एपीएफ भने मनाङसँग दुई शुन्यले पराजित भएको थियो ।