Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

फेरी सञ्चालनमा आउँदै 'मुन्द्रेको कमेडी क्लब'!! कहिलेदेखि ?हेर्नुहोस

फेरी सञ्चालनमा आउँदै 'मुन्द्रेको कमेडी क्लब'!! कहिलेदेखि ?हेर्नुहोस

काठमाडौं : केही समयदेखि बन्द भएको कमेडी शो 'मुन्द्रेको कमेडी क्लब' फेरि सञ्चालनमा आउने भएको छ । निर्माण कम्पनीसँगको विवादका कारण बन्द भएको यस शो पुन सञ्चालनमा आउने बारे हास्यकलाकार तथा कार्यक्रमका प्रस्तोता जितु नेपाल (मुन्द्रे)ले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित फेरि कार्यक्रम प्रशारणमा आउने बताएका छन् । उनले आफ्नो शोले धेरै हसाउन न नसकेपनि नरुवाउने बताएका छन् । उनले अबको शो टेलिभिजनकर्मी डिनेश डिसीले निर्देशन गर्ने बारे पनि जानकारी गराएका छन् ।

उनले लेखेका छन् - "सबैमा हार्दिक नमन सहीत सानो जानकारी दिन चाँहे..... मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दै छु।हिजोका केही कमिकमजोरीहरुलाई हटाँउदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेका छु।केही नयाँ अनुहार,नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित,मेरो आदरणीय गुरु दिनेश डि .सी.दाईको निर्देशनमा तयार गरिने अबका भागहरु अवस्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने बिस्वास लिएका छु।"

"क्लबमा सहभागी हुने नयाँ पात्रहरु,प्रसारण हुने टेलिभीजन,मिती र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौ। सबै आदरणीय दर्शकहरु बाट पाईरहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु। "मुन्द्रे" केही आत्तीएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हसाउन न सक्ला तर रुवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर न राम्रो गर्ने छैन। हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो, "मुन्द्रे" बनाईदिनु भयो,अनि हजुरहरुले बनाएको "मुन्द्रे"निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त...? त्यसैले अब आउँछ "मुन्द्रे" आफ्नो क्लब लिएर हजुरहरुको माँझमा....सबै प्रती हार्दिक नमन।"

कार्यक्रममा नयाँ पात्र समावेश हुने बताएका उनले दिनेश डि.सी.ले कार्यक्रम निर्देशन गर्ने जानकारी दिए । कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति पनि फरक हुने बताएका जितुले भनेका छन्, “मुन्द्रे केही आत्तिएला तर मात्तिने छैन । मुन्द्रेले धेरै हसाउन नसक्ला तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला तर नराम्रो गर्ने छैन ।”

दर्शकले दिएको मायाप्रति अनुग्रहीत हुँदै उनले भने, “हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो– मुन्द्रे बनाईदिनु भयो । हजुरहरुले बनाएको मुन्द्रे निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त ? त्यसैले अब आउँछ ‘मुन्द्रे’ आफ्नो क्लब लिएर हजुरहरुको माझमा ।”