Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पीपीएल मा काठमाडौंले हरायो विराटनगरलाई

पीपीएल मा काठमाडौंले हरायो विराटनगरलाई

कास्की । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाइ हराएको छ ।

काठमाडौंले विराटनगरलाई ३६ रनले पराजित गरेको हो । एक सय ६० रनको लक्ष्य पछ्याएको बिराटनगर १९.४ ओभरमा एक सय २३ रनमा अल आउट भयो ।

विराटनगरका लागि पुनित मेहराले ५३, नोमन खानले २५ र प्रदीप ऐरीले २९ रन जोड्दा अन्य ब्याट्सम्यानले दाहोरो स्कोरमा रन जोड्न सकेनन् । काठमाडौंका लागी सुबोथ भाटीरले तीन, बसन्त रेग्मी र अमर सिंह रौटेलाले दुई–दुई तथा अमृत भट्टराई र सुशन भारीले एक–एक विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धा्िरत २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । काठमाडौंका लागि जयकिसन कोल्सावालाले ५५, ज्ञानेन्द्र मल्लले ५५, अमित श्रेष्ठले १७, सुबोध भाटीले १४, आदिल खानले १३ र पवन सर्राफले ५ रन जोडे ।

विराटनगरका लागि पुनित मेहराले २ विकेट लिए । यस्तै किशोर महतो, जितेन्द्र मुखिया र नोमन खानका नाममा १–१ विकेट रह्यो।