Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पीपीएल मा काठमाडौंले दियो बिराटनगरलाई एक सय ६० रनको लक्ष्य

पीपीएल मा काठमाडौंले दियो बिराटनगरलाई एक सय ६० रनको लक्ष्य

पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारिवार्सले विराटनगर टाइटन्सले १६० रनको चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ रोजेका काठमाडौंका लागि जयकृषण कोल्सावालले अर्धशतक गरे । उनले ४३ बलमा दुई छक्का र पाँच चौका सहित ५५ रन बनाएका थिए । ओपनर गौरव तमोरले भने खाता खोल्न सकेनन् ।

अमित श्रेष्ठ १७, कप्तान ज्ञानेन्द्र मल्ल ४५ र सुवोध भाती १४ रनमा आउट भए ।

आदिल खान १३ र पवन सर्राफ ५ रनमा अविजित रहे । विराटनगरका लागि मुनित मेहराले दुई विकेट लिए भने किशोरी महतो, जितेन्द्र मुखिया र नोमान खानले समान एक–एक विकेट लिए ।