पोखरा : पोखरा प्रिमियर लिग क्रिकेट ‘पीपीएल’मा आज काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाईटन्सविच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालाको क्रिकेट मैदानमा साढे एघार बजे शुरु हुनेछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौं आज जित्नैपर्ने दवावमा छ ।
विराटनगर पनि दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने प्रयासमा छ । जारी खेलमा काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो र विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।