Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बिरामी अनिता खड्काको नि*धन भन्ने झुटो समाचार भाइरल भएपछि अस्पतालमा रुवाबासी,फेरी अस्पतालमा अनिता

बिरामी अनिता खड्काको नि*धन भन्ने झुटो समाचार भाइरल भएपछि अस्पतालमा रुवाबासी,फेरी अस्पतालमा अनिता

लामो समय देखि अस्पतालमा औषधिको भरमा जिन्दगि काटिरहेकी बिरामी अनिता खड्काको निधनको झुटो समाचार भाइरल भएपछि उनको परिवारमा रुवाबासी चलेको छ।अनिताको जटिल अप्रेसनको तयारीमा जुटेको परिवारमा यस्तो समाचार भाइरल भए संगै उनको श्रीमान बिनोद खड्काले आत्तिदै अस्पतालमा दिदीलाई फोन गरेको पारिवारिक श्रोतले बताएको छ।

बिनोद खड्काले फोन गरेर अनिताको खबर सोध्ने क्रममा अनितालाई झन् निको हुदै गएको भन्दै उनकी दिदीले भने पछि समाचार छाप्ने व्यक्तिको खोजि गरिरहेको बताईएको छ।बिनोद खड्का भन्छन 'सुरुमा समाचार पढे ,एकै छिन आफुलाई सम्हाल्न सकिन पछि तत्काल हस्पिटलमा फोन गरे अनिता झन् निको भएको भनेर दिदीले भनेपछि आफु सम्हालिए,यसरी झुटो समाचार आएपछि परिवारमा धेरै चिन्ता बढेको छ,आमा समेत आत्तिनु भयो'।

अनिताको अहिले टिचिङ अस्पतालमा उपचार भईरहेको छ भने अनिताको श्रीमान बिनोद अहिले बाहिर काम तिर व्यस्त छन।दिदीकै भरमा अस्पतालमा बिनोदले अनितालाई छाडेर बाहिर काम गरिरहेका छन।श्रीमतीको उपचार होस् भन्दै उनि निरन्तर काम गरिरहेको उनकी दिदि राधा बताउछिन।अस्पतालमा सबै रुन थालेपछि सम्हालिन समेत मुस्किल भएको थियो।

यदि तपाइँपनि बिरामी अनिता खड्कालाइ सबैले सहयोग गरेर बचाउन साथ् दिनुहोस जसको लागि दिदि राधा खड्का :+977 985-1071362,कमल सरगम +977-985-1224970 भाइबर,वाटसप र इमो जुनसुकै माध्यममा माथिको नम्बरमा सम्पर्क गर्दा हुने छ।हेरौ पुरा भिडियो :