Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ए डिभिजन लिग अन्तर्गत आजबाट दोस्रो चरणका खेलहरु शुरु हुँदै

ए डिभिजन लिग अन्तर्गत आजबाट दोस्रो चरणका खेलहरु शुरु हुँदै

काठमाडौं : ए डिभिजन लिग अन्र्तगत आजवाट दोस्रो चरणका खेलहरु शुरु हुँदैछन् । आज पहिलो खेलमा मध्यान्ह साढे बा¥ह बजे सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा च्यासल युथ क्लब र मछिन्द्र क्लब भिडदैछन् ।

लिगका दावेदार मानिएका दुबै टिम नतिजा आफ्नो पक्षमा पार्ने प्रयत्नमा हुनेछन । लिगको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई र च्यासलले संकटालाई हराएका थिए । अर्को खेलमा आजै ब्रिगेड ब्वाइजले फ्रेन्ड्स क्लबको सामना गर्दैछ ।

दुई टिमबीचको खेल दिउसो ३ बजे दशरथ रंगशालामा हुनेछ । यसअघि पहिलो चरणमा पराजित दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् । पहिलो खेलमा ब्रिगेड मछिन्द्रसँग र फ्रेन्ड्स भने त्रिभुवन आर्मी पराजित भएको थियो ।