Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सबैको जीवनमा कोरोनाको कारण घटेको घटनामा आधारित मार्मिक गीत ‘आज जान देउ’ , सबैले हेर्नै पर्ने मनछुने गीत

सबैको जीवनमा कोरोनाको कारण घटेको घटनामा आधारित मार्मिक गीत ‘आज जान देउ’ , सबैले हेर्नै पर्ने मनछुने गीत

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणको महामारीले डुबेको चलचित्र क्षेत्रका नायक नायिकाहरू म्युजिक भिडियोमा देखिन थालेका छन् । पछिल्लो समय कोरोना संक्रमणदर घटेपनि चलचित्र क्षेत्रले भने गति लिन सकेको छैन् । चलचित्र क्षेत्रले गति लिन नसके पछि नायक नायिकाहरू भने म्युजिक भिडियोमा व्यस्त देखिन्छन् । यता नाजिर हुसेन पनि पछिल्लो समय निकै म्युजिक भिडियोतिर देखिन थालेका छन् ।

गीत एकदमै मार्मिकर भावनात्मक बनेको छ । यस गीतमा कोरोना माहामारीका कारण भोग्नु परेको कुरा दर्शाएको छ । यस गीतमा बिषेश गरि डाक्टरको दुख देखिन सकिन्छ । एकदमै मनछुने र हाल सबैको जीवनमा घटेको घटना प्रस्ट रुपमा हेर्न सकिन्छ ।

आइत स्याङ गुरुङको स्वर रहेको ‘आज जान देउ’ बोलको गीत संगीत भकारी युट्युब मार्फत सार्वजनिक भएको छ । जहाँ नाजिरले चिकित्सकको भूमिका निर्वाह गरेका छन । मौसम हिमालीद्वारा निर्देशित भिडिओमा अनिल कुमार मानन्धरको छायाँकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन रहेको छ । उक्त गीत सौरव तिम्सिनाको शब्द, प्रबिन दियालीको संगीत तथा सन्जिब बराइलीको संगीत संयोजन रहेको छ । भिडिओमा शिक्षा संग्रौला र सशस्त्र प्रहरीका इन्सपेक्टर पृथ्वी खनाल लाई पनि देख्न सकिन्छ ।