Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

हनिमुनका लागि विक्की र क्याट्रिना माल्दिभ्समा

हनिमुनका लागि विक्की र क्याट्रिना माल्दिभ्समा

काठमाडौँ : नवविवाहित सेलिब्रेटी जोडी विक्की कौशल–क्याट्रिना कैफ विवाह पछि डिसेम्बर १० गते बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरको लागि प्रस्थान गरे। तर, यो जोडीलाई जयपुरमा कसैले देखेनन् । अहिले विक्की कौशल र क्याट्रिना कैफ आफ्नो हनिमुन मनाउन माल्दिभ्समा रहेको खबर आएको छ ।

विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट दिल्ली पुगे । विक्की–क्याट डिसेम्बर १४ सम्म माल्दिभ्समा हुनेछन् । त्यसपछि क्याट्रिनाले १५ डिसेम्बरबाट ‘टाइगर ३’ को सुटिङ सुरु गर्नेछिन् । योसँगै विक्की पनि २० डिसेम्बरबाट आफ्नो फिल्मको सुटिङमा फर्किनेछन् ।

विक्की–क्याटको नयाँ घरको भिडियो सेयर गर्दै बलिउड पापाराजीले लेखेका छन्, ’विक्की–क्याटरीना हनिमूनबाट फर्किएपछि मुम्बईको जुहूमा रहेको यो नयाँ अपार्टमेन्टमा बस्नेछन्।’ सेलिब्रेटी जोडीले आफ्नो हनिमुनबाट फर्केर काम सुरु गर्नु अघि मुम्बईमा आफ्नो विवाहको लागि भव्य स्वागत समारोह आयोजना गर्ने तयारी गरेका छन् । उनको इभेन्ट टोलीले रिसेप्शनका लागि मुम्बईका ठूला होटलहरू, सहारा स्टार, जेडब्ल्यू म्यारियटलगायतका होटलहरूको बारेमा सोधपुछ गरिरहेको छ।

विक्की–क्याटले आफ्नो रिसेप्शनमा आफ्नो विवाहमा उपस्थित हुन नसकेका सबैलाई निम्तो दिएका थिए । यसमा बलिउडका वरिष्ठ कलाकारहरू, क्याट र विक्कीका साथीहरू लगायतका सह–कलाकारहरू समावेश हुन सक्ने अनुमान गरिएको छ ।