Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

कट्रिना–विक्की विवाह बन्धनमा बाँधिए , हेर्नुहोस् तस्बिरहरू

कट्रिना–विक्की विवाह बन्धनमा बाँधिए , हेर्नुहोस् तस्बिरहरू

काठमाडौँ : बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलले बिहीबार विवाह गरेका छन्। भारतको राजस्थानस्थित माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा उनीहरूले विवाह गरेका हुन्।

स्थानीय समयानुसार साँझ ५ बजे दुवैले सात फेरा लिएका छन्। मिडियाबाट टाढा राखिएको विवाह धुमधामसँग भएको छ। हाल विवहाका तस्वीरहरु सार्वजनिक भएका छन्। कट्रिना र विक्की एकअर्काको साथमा निकै खुशी देखिन्छन्।

विक्की कौशल र कट्रिना कैफले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्बिर सेयर गरेका थिए। यी तस्बिरहरूसँगै विक्की र कट्रिनाले एउटा नोट पनि लेखेका छन् कि हाम्रो हृदयमा केवल माया र कृतज्ञता छ, जुन हामीले आजको यो घडीमा ल्याएका छौं।

‘सबैको माया र आशिर्वादको कामना गर्दै हामी नयाँ यात्रा सुरु गर्दैछौं,’ उनीहरूले नोटमा लेखेका छन्।

कट्रिनाले गजरा लगाएकी थिइन् र रातो लेहेंगामा देखिएकी थिइन्। सोही क्रममा विक्की कौशल सेतो शेरवानीमा देखिएका थिए।

पिंकभिल्लाका अनुसार विक्की र कट्रिनाले बिहेको दुई दिनअगाडि हुने संगीत समारोह पनि भव्य तरिकाले मनाए। संगीत समारोहमा यी जोडीले नृत्य प्रर्दशन गरेको बताइएको छ। यसैगरी समारोहमा सबैको ध्यान त्यहाँ ल्याइएको केकले तानेको थियो।

उक्त केक भारतको प्रसिद्ध बेकरी माइरा झुनझुनवालाले बनाएको बताइन्छ। बलिउडको चर्चित जोडीको संगीतका लागि केकको जिम्मा पाएपछि माइराले पनि सबैको आँखामा पर्ने सुन्दर पाँच तल्ले केक बनाएको आन्तरिक स्रोतको भनाइ छ।

सो केक सिक्स सेन्सेस फोर्ट भित्रै बनाइएको थियो। यसको मूल्य भने चार लाख भारुभन्दा बढी परेको पिंकभिल्लाले जनाएको छ।

अब केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्। बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ।