काठमान्डौ,नेपाली लोक गीत संगीतको संरक्षण,सम्बर्धनको लागि अनबरत लाग्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आगामी पुस २ र ३ गते २१औँ वार्षिक साधारणसभा गर्ने भएको छ।
नेपाली लोक कलाकारिता क्षेत्रमा लाग्नु भएका अग्रज देखि समकालीन सम्मको सहभागितामा हुने उक्त कार्यक्रम यो पटक भने प्रतिष्ठानको स्थापना गरिएको जिल्ला पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा हुने भएको सस्थाका अध्यक्ष रमेश बिजिले जानकारी दिनुभयो।
प्रतिष्ठानले यो पटक भने दोहोरी क्षेत्रमा योगदान दिने बिभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१औं वार्षिक साधरण सभा -२०७८ को तयारी वैठकले सम्मानित हुने कलाकार/संचारकर्मीहरुको नामावली सार्बजनिक गरेको हो ।
कार्यक्रममा अग्रज लोकसंगीतश्रष्टा राष्ट्रिय सम्मान - श्री नरेन्द्रराज रेग्मी ( देउडा गायक अग्रज श्रष्टा सु.प)पाउने भएका छन भने सामाजिक सेवा रत्न राष्ट्रिय सम्मान- श्री कृष्ण कँणेल ( इन्द्रेणी )त्यस्तै लोक पत्रकारिता सम्मान - पोखराबाट पत्रकारिता गर्दै आउनु भएका श्री राजाराम पौडेल पर्नु भएको छ, राष्ट्रिय श्रष्टा सम्मान - श्री प्रेमराजा महत / श्री राम प्रसाद खनालले पाउनु हुने भएको छ, संस्थापक सम्मान - संस्थापक समिति /संस्थापक सल्लाहकार/लक्ष्मण थापा अरुणखोला, मेघराज पाण्डे विधालय व्यवस्थापन अध्यक्ष ,लोकसंस्कृति विधावारिधि सम्मान - श्री तुलसी प्रभास्
साथमा अन्य विभिन्न संस्थागत सम्मानहरु बाट अन्य व्यक्तिहरु पनि सम्मानित हुने भएका हुन्।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्रमुख अतिथिको रुपमा सहभागी भएर उद्घाटन गर्ने उनले बताए । साथै, कार्यक्रममा प्रतिष्ठानका संस्थापन समितिलाई सम्मान पनि गरिने रायमाझीको भनाई छ । प्रतिष्ठानको स्थापना नवलपुर जिल्लाबाट अम्बर बिरही गुरुङको अध्यक्षतामा भएको थियो ।
हजारौँको संख्यामा कलाकारहरु संस्थाले जन्माएको छ । पुस २ र ३ गते विभिन्न जिल्लाहरुबाट कार्यक्रममा कलाकारहरु सहभागी हुने बताइएको छ । प्रतिष्ठानको शाखा प्रत्यक जिल्लाहरुमा स्थापना भइसकेको छ । हाल रमेश बिजी उक्त संस्थाको अध्यक्ष हुन् ।
कार्यक्रममा सहभागीता जनाएर भव्यरुपमा सफल बनाइदिन अध्यक्ष बिजीले आग्रह गरेका छन् भने धेरै व्यक्तिहरुलाई निमन्त्रणा पत्रसमेत पठाइसकेको बताए ।