Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पेलेको कीर्तिमान तोड्दै फुटबलका सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पेलेको कीर्तिमान तोड्दै फुटबलका सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो फुटबल जगतका चम्किला नक्षत्र हुन् । उनी आफ्नो खेल कौशलबाट विश्वका करोडौं समर्थकको मनमा बस्न सफल छन् । याे पनि भन्ने गरिन्छ कि राेनाल्डाेकाे जस्ताे स्टारडम अन्य कुनै खेलाडीकाे छैन । चाहे त्याे फुटबल हाेस् या अन्य खेल ।

रोनाल्डोले फुटबलका कयौं कीर्तिमान आफ्नो नाममा गरेका छन् । ती मध्येकै एक हो- व्यावसायिक करिअरमा ८०० गोल । क्रिष्टियानो रोनाल्डोलाई फुटबलमा महान खेलाडी पेलेले बधाई दिएका छन् । औपचारिक खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोले आफ्नो नाममा लेखाएका छन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो ।

रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति काग्लिएरीसँग भएको खेलको सुरुको ३२ मिनेट भित्र तीन गोल गरे । उनले आफ्नो खेल जीवनमा ७७० गोल गरेका छन् । यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढि हो । उनले आफ्नो खेल जीवनमा ७६७ गोल गरेका थिए ।

रोनाल्डोले गत बिहीबार इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलविरुद्ध म्यानचेस्टर युनाइटेडका लागि दुई गोल गर्दै ८०० गोलको आंकडा पार गरेका हुन्। आर्सनलविरुद्ध ५२औं मिनेटमा गरेको गोल रोनाल्डोको करिअरको ८००औं गाेल थियो । उनले देश र क्लबबाट लागि यो उपलब्धि हासिल गरेका हुन् ।

आफ्नो व्यावसायिक करिअरको अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका रोनाल्डोले ४३८ खेल खेल्दा ४५० गोल गरे ।

करिअरको सुरुवातमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपी लिस्वोनका लागि ३१ खेलमा ५ गोल गरेका रोनाल्डोले इंग्लिस क्लब म्यानचेटर युनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरे ।

रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि १२४ खेलमा १०१ गोल गर्दा जारी सिजनमा युनाइटेडका लागि १६ खेलमा १२ गोल गरिसकेका छन् । यसैगरी रोनाल्डोले पोर्चुगलका लागि ११५ गोल आफ्नाे नाममा लेखाइसकेका छन् । उनले १८४ खेलमा ११५ गाेल गरेका हुन् ।

रोनाल्डोले प्राप्त गरेका अवार्ड तथा उपाधि

रोनाल्डोले व्यक्तिगत रूपमा थुप्रै अवार्ड हात पारेका छन् । पाँच पटकका बलोन डि’ ओर विजेता उनी एक-एक पटक फिफा प्लेयर अफ इयर तथा फिफा मेन्स प्लेयर अफ द इयर घोषित भएका छन् ।

रोनाल्डोले पहिलोपटक सन् २००८ मा बलोन डी’ ओर अवार्ड जितेका थिए । २००८ मै उनी फिफा वर्ल्ड प्लेयर अफ द इयरबाट पनि सम्मानित भएका थिए ।

पाँच पटक बलाेन बलोन डी’ ओर हात पारेका रोनाल्डोले चारपटक युरोपियन गोल्डेन बुट जितेका छन् । उनी गोल्डेन फुट अवार्डबाट पनि सम्मानित भएका छन् । जुन अवार्ड खेलाडीले मात्र एक पटक प्राप्त गर्छन् ।

प्रिमियर लिगमा एक तथा युरो कपमा २ पटक गोल्डेन बुट जितेका रोनाल्डोले ३ पटक पिचिची ट्रफी हात पारेका छन् ।

रोनाल्डो प्लेयर अफ द सेन्जुरी, बेस्ट पोचुगिज प्लेयर अफ द अल टाइम, युइएफए दशककै उत्कृष्ट पुरुष खेलाडी लगायतका थुप्रै अवार्डबाट सम्मानित भएका छन् ।

रोनाल्डोले देश तथा क्लबका लागि पनि उपाधि जितेका छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरो कप र सन् २०१९ मा युइएफए नेसन्स लिग उपाधि उचालेको थियो।

५ पटक च्याम्पियन्स लिग उपाधि (४ पटक रियल मड्रिडमा तथा एक पटक म्यानचेस्टर युनाइटेडमा) उचालेका रोनाल्डोले ला लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकप, स्पेनिस सुपर लिग, प्रिमियर लिग, सिरी ‘ए’, युइएफए सुपर कप, सुपर कप इटालिया लगायतका थुप्रै उपाधि हात पारेका छन् ।

रोनाल्डोले अब जित्न बाँकी एक मात्र उपाधि छ- त्यो हो फिफा वर्ल्ड कप । तर, आफ्नो करिअरको अन्त्यतिर आइपुगेका उनका लागि त्यो त्यति सम्भव भने देखिँदैन ।

विश्व फुटबलमा स्थापित भइसकेका रोनाल्डोका लागि यतिबेला मुख्य चुनाैती भनेको पोर्चुगललाई सन् २०२२ को विश्वकपमा छनोट गराउनु हाे ।

सिधै विश्वकपमा छनोट हुन नसकेको पोर्चुगललाई विश्वकप पुग्ने अन्तिम विकल्पका रूपमा युरोपियन प्ले अफ रहेको छ ।

यसमा पनि उसले टर्की र इटालीजस्ता बलिया टोलीको चुनौतीलाई पार लगाउनु पर्नेछ ।