Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सहिद स्मारक ए डिभिजन लिगमा आजपनि दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आजपनि दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आजपनि दुई खेल हुँदैछ । पहिलो खेलमा थ्री स्टार क्लबले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लबको मध्यान्ह १२ बजेर ३० मिनेटमा सामना गर्दैछ ।

गत सिजन दुई क्लबबीचको भेटमा थ्री स्टारले बाजी मारेको थियो । अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल दशरथ रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुनेछ ।

मनाङ र सशस्त्र दुबै प्रतियोगिताको सुखद शुरुवात गर्ने प्रयासमा छन् । गत सिजनको विजेता मनाङ यो पटक पनि उपाधि होडमै कायम राख्ने प्रयासमा छ । तर अधिकांश पुराना खेलाडीले साथ छाडेकाले क्लव अफ्ठयारोमा छ ।