Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पीपीएल क्रिकेटमा चितवन राइनोज विजयी

पीपीएल क्रिकेटमा चितवन राइनोज विजयी

पाेखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोज विजयी भएको छ ।

घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले हराउँदै चितवन विजयी भएको हो । पोखराले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४ ओभर ५ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे ।

चितवनका लागि बाबर हायातले ३४ बलमा चार चौका तीन छक्का प्रहार गर्दै सर्वाधिक ६६ रन बनाए । त्यस्तै सन्नी पटेलले २२ रन जोडे भने रोहन मुस्तफाले ११ रन बनाए ।

बलिङतर्फ पोखराका रसिद खान र सर्वजित लद्दाले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ७ रन बनाएको थियो । पोखराका लागि कप्तान शरद भेषावकरले ३९ बलमा ४५ रन बनाए । त्यस्तै कुशल मल्लले १३, आसिफ शेखले १० र बिनोद भण्डारीले ८ रन बनाए ।

चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २ विकेट लिएका थिए । त्यस्तै कप्तान पारस, करण केसी र बिक्रम सोबले समान १ विकेट लिएका थिए ।