Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छ या छैन ?

ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छ या छैन ?

काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट 'चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको' बताएका छन्। उनको यो भनाइ उत्तरी अमेरिकामा ओमिक्रोन संक्रमणको घटना सार्वजनिक भएसँगै आएको हो।

उनले भने 'यदी मानिसले खोप लगाएका छन् र मास्क लगाइरहेका छन् भने अहिले लकडाउन गर्न आवश्यक छैन।' अमेरिकाले आठ अफ्रिकी देशमा यात्रा प्रतिबन्ध लगाएको छ। ‍क्यानडामा ओमिक्रोन संक्रमित फेला परेका छन्।

राष्ट्रपति वाइडेनले संक्रमण रोक्नका लागि खोपका बाबजुद अमेरिकामा गत सालको तुलनामा कोरोनाबाट धेरै मानिसको मृत्यु भएको जनाए।

सोमबार ह्वाइट हाउसमा राष्ट्रपतिले भने 'दक्षिण अफ्रिकामा पाइएको ओमिक्रोन कुनै दिन आउने छ र यसलाई रोक्न सकिँदैन।'

उनले खोप उत्पादक कम्पनीहरुले नयाँ खोपको लागि योजना बनाइरहेको बताए। गत हप्ता अमेरिकाले ‍दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीसँगको उडानमा प्रतिन्ध लगाएको थियो।

क्यानडा, बेलायत, युरोपेली संघ र अन्य देशले पनि दक्षिणी अफ्रिकाको यात्रा प्रतिबन्ध लगाएका छन्।

यो पनि पढनुहोस

कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनू भन्ने आदेश बमोजिम ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको कतार फण्ड फर डेभलपमेन्टले जनाएको छ ।

टर्किस एयरलाइन्सबाट काठमाडौं पठाइएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल-मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. रायमाझीले कतार सरकारलाई धन्यवाद दिँदै सबै भेन्टिलेटरहरू अतिआवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउने बताए ।

यसअघि पनि कतारले नेपाललाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो । साथै कोभ्याक्स कार्यक्रममार्फत् कोरोनाविरुद्दको खोप उपलब्ध गराएको थियो ।