Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हिउँदमा अस्पतालमा कोरोनाका बिरामी बढ्न सक्ने चेतावनी

हिउँदमा अस्पतालमा कोरोनाका बिरामी बढ्न सक्ने चेतावनी

काठमाडौं,हङकङका स्वास्थ्य विशेषज्ञले हिउँदयाममा सार्वजनिक अस्पतालमा बढ्न सक्ने चेतावनी दिएका छन्। उनीहरुका अनुसार हिउँदमा हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या कोरोना महामारीपूर्वको तुलनामा धेरै हुनेछ।

यद्यपि नियमित मास्क लगाउनाले सो अवधिमा मौसमी इन्फ्लुएन्जाको संक्रमणमा भने कमी आउन सक्ने उनीहरुले बताएका छन्।

हस्पिटल अथोरिटीका प्रबन्धक डाक्टर माइकल वोङ लाप–गेटका अनुसार हिउँदयाममा चिसो बढेसँगै बालबालिका, वयोवृद्ध नागरिक र पहिला नै गम्भीर रोगबाट पीडित मानिसहरु श्वासप्रश्वाससम्बन्धी समस्याबाट सबैभन्दा प्रभावित हुनेछन्।

‘समाजिक गतिविधिहरु सामान्यजस्तै बनिसकेको अवस्थामा कुनै पनि रोगबाट ग्रस्त हुने र दुर्घटनामा पर्नेको संख्या पनि महामारीपूर्वको अवस्थामा आइपुगेको छ’, उनले भने। हिउँदयाममा बढ्न सक्ने बिरामीको संख्यालाई मध्यनजर गर्दै ७० करोड हङकङ डलरभन्दा धेरै रकम अस्पतालका लागि छुट्याइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै हङकङका अस्पतालमा ३२३ नयाँ बेड थप्ने तयारी भइरहेको वोङले बताएका छन्। पछिल्लो समय हङकङ कोरोना संक्रमण शून्यमा राख्ने नीतिअनुसार अघि बढिरहेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै अहिले सतर्कता थप बढाइएको छ।

यो पनि पढ्नुहोस

फेरि एउटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीलाई बोर्डले स्वीकृती दिएपश्चात कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा गत कात्तिक २९ गते निवेदन दिएको हो ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।