एजेन्सी । बलात्कारको आरोप लागेका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि कुनै कारबाही नहुने भएको छ । रोनाल्डोमाथि बलात्कार भएको आरोप लगाउने क्याथरिन मायोर्गाले सफाया पाउने भएका हुन् ।अरोप लगाउनेले घटना कहाँ भएको भन्ने ठोस प्रमाण पेश गर्न नसक्नु र प्रहरी अनुसन्धानबाट पनि कारबाही गर्नका लागि कुनै आधार नभेटिएको अदालतले जनाएको छ ।
‘क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप प्रमाणित गर्ने कुनै स्पष्ट कारण देखिएन । त्यसैले कुनै कारबाही हुने छैन’ अलादतले वक्तब्यमा उल्लेख गरेका छ ।३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूमाथि बलात्कार गरेको एक अमेरिकी मोडल क्याथरिन मायोर्गाले आरोप लगाएकी थिइन् ।
एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनि रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ पनि गरेको थियो । सोधपुछ र अनुसन्धानबाट खास कुनै प्रमाण फेला नपरेपछि रोनाल्डो कारवाही मुक्त हुने भएका हुन् ।रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो ।