काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २५९ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।
आज २६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस काठमाडौं- सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि मुद्दाको पेशी गोला प्रथाबाट हुने सम्बन्धी व्यवस्था राज पत्रमा प्रकाशित गरिएको छ। सर्वोच्च अदालतले गरेको नियमावली संसोधन सम्बन्धी उक्त व्यवस्था सोमबार राजपत्रमा प्रकाशित भएको हो।
यसअघि सर्वोच्च अदालतमा मुद्धाको पेशी तोक्ने अधिकार प्रधान न्यायाधिशबाट खोसेर गोल प्रथाबाट हुने व्यवस्थासहित नियमावली संसोधन भएको थियो। प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराको उपस्थितीबिनै न्यायाधिशहरुको बैठकले उक्त निर्णय गरेको थियो।
राणाले पनि त्यस्तो व्यवस्थामा सहमती जनाउँदै मंसिर १५ गतेदेखि लागु हुने निर्णय गरेका थिए। प्रधान न्यायाधिशमा पेशी तोक्ने अधिकार हुँदा अनियमितता, अपारदर्शीता हुने भन्दै विगत करिब एक महिनादेखि न्यायाधिशहरु नै आन्दोलनमा उत्रिएका थिए। नेपाल बार एसोसिएसनले भने प्रधान न्यायाधिश राणाको राजिनामा माग्दै आन्दोलन गर्दै आइरहेको छ।
सत्ता गठबन्धनमा प्रधान न्यायाधीश राणाले पनि भाग खोजेको समाचार बाहिर आएपछि उनिविरुद्धको आन्दोलन चर्किएको थियो।