Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित पुष्टि

पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको कोभिड १९ परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३४२ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशधभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्।

संक्रमणका कारण थप दुईजनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ५२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ६११ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको मन्त्रालयले बताएको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस, ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।

‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।

ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेपछि सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन् ।

नेम्वाङले पनि आफ्नो असन्तुष्टि ओली समक्ष पुर्‍याएका छन् । ओलीले भविष्यमा राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । तर, नेम्वाङले वरिष्ठ उपाध्यक्षबाहेक अरूमा सहमत नहुने सन्देश पठाएका हुन् ।

विगतमा संविधान सभा अध्यक्ष, सभामुख बनिसकेको र अहिले पनि संसदीय दलको उपनेता रहेकोले आफू वरिष्ठ उपाध्यक्ष भन्दा तलको पदमा नबस्ने नेम्वाङले बताएका छन् ।