Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

थप २७० जनामा कोरोना संक्रमण, २ को मृत्यु

थप २७० जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं,पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४६ जनाको परीक्षण गर्दा थप २७० जनामा संक्रमण देखिएको छ। यस्तै थप दुई संक्रमितको मृत्यु भएको छ।

यस्तै, ३०२ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोभिड १९ संक्रमितको संख्या ७ हजार २८७ पुगेको छ।

यस्तै, शुक्रबार ३०२ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.७ प्रतिशत छ । यस्तै, २ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ९८ जना क्‍वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ८ लाख २० हजार ५२७ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख १ हजार ७२२ जना निको भएका छन् ।

यो पनि पढ्नुहोस अन्सारीको शतकमा प्रदेश एकको तेस्रो जित

सोनु अन्सारीले सानदार शतकीय इनिङ खेलेपछि काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले प्रभावसालि जित निकालेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा प्रदेश एकले प्रदेश दुईमाथि ८ विकेटको जित दर्ता गर्यो्।

प्रदेश दुईले दिएको २११ रनको लक्ष्य प्रदेश एकले ४४.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो्। प्रदेश एकको जितमा सोनु अन्सारीले १४५ बलमा ११९ रनको सानदार शतकीय इनिङ खेले। उनले १४ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै दिपक कँडेलले ३३ रन बनाउँदा विवेक आन्नद मेहताले २४ रनको अविजित इनिङ खेले। कप्तान अंकीत सुवेदीले १४ रन बनाएका थिए। प्रदेश दुईका विवेक यादव र प्रदिप पाश्वानले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै प्रदेश दुईले ४८.२ ओभरमा सम्पुर्ण विकेट गुमाएर २११ रन बनायो। उसका लागि कप्तान विवेक यादवले ७० रन बनाउँदा ओपनर रोहन बिकेले ४७ रन बनाए। त्यस्तै ओपनर सन्तोष कार्कीले ११ रन जोडे भने अमित यादवले ११ रन बनाए। त्यस्तै अदिल अन्सारीले १३ रन जोड्दा संसद मन्सुरीले १६ रन बनाउँदा प्रदीप यादव १० रनमा अविजित रहे।

प्रदेश एकका लागि दिपेश कँडेलले ३ विकेट लिंदा गौरभ कटुवाल र दिपक जोशीले समान २-२ विकेट लिए। एक विकेट अभिनय राजवंशीको नाममा रह्यो।