Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालले मलेसियालाई विश्वकप छनोटमा ६ विकेटले हरायो

नेपालले मलेसियालाई विश्वकप छनोटमा ६ विकेटले हरायो

काठमाडौँ : युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८.२ ओभरमा पुरा गर्‍यो।

नेपालका लागि सिता राना मगरले ३० रन बनाउँदा कप्तान रूविना क्षेत्रीले २० रन जोडिन्। कविता जोशीले १० रन जोड्दा इन्दु बर्माले ४ रन बनाएर आउट भइन्।

मलेसियाका लागि आइसा इल्साले १ विकेट लिइन्। यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन जोड्यो ।

मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिइन्।

नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

यो जितसँगै नेपाल ४ खेलबाट ३ जितसहित शीर्ष स्थानमा उक्लिएको छ। ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई आजको जित महत्वपूर्ण थियो। अब नेपालले अन्तिम खेलमा सोमबार घरेलु टोली युएईको सामना गर्नेछ।

यता ४ खेलमा एक खेलमा जित हात पारेको मलेसियाको ग्लोबल छनोट सम्भावना सकिएको छ।

अंक तालिकामा एक खेल कम खेलेको आयोजक युएईको समान अंक भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ।

आजै युएईले कुवेतको सामना गर्नेछ।