काठमाडौं: पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७२९ पीसीआर परीक्षण गर्दा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पोजिटिभ देखिएको थियो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २ सय ७३ जना कोरोनामुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ८ लाख ८९० रहेको छ। मन्त्रालयका अनुसार थप ९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या भने ७ हजार ३०० रहेको छ।