नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६ सय ९७ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कूल १२ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ३८५ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३६७ र एन्टिजेन विधिबाट १८ संक्रमित पहिचान भएका छन्।
उक्त अवधिमा कूल नौ हजार ९२१ जनाको पीसीआर र दुई हजार ७७६ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, २५८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।यो सँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय जनाको मृत्यु भएको छ ।