Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ए डिभिजन लिगको नयाँ सिजन आजबाट शुरु हुँदै

ए डिभिजन लिगको नयाँ सिजन आजबाट शुरु हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट शुरु हुँदैछ । आज दिउँसो उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्रमा राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी छन् । मछिन्द्रले लिग जित्ने लक्ष्यसहित राष्ट्रिय टिमका नियमित ७ खेलाडीलाई यो सिजन क्लबमा अनुबन्धन गरेको छ ।

ब्रिगेड ब्वाईजमा ए डिभिजन लिगमा डेब्यु गरेका अनिल गुरुङ सहित केही पुराना खेलाडी समावेश छन । ब्रिगेडले लिगको लागि तीन पोखरेली खेलाडी भित्राएको छ । फागुन ३ गतेसम्म चल्ने लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो सिजन एउटा क्लब रेलिगेशनमा पर्ने एन्फाले जनाएको छ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख पुरस्कार पाउनेछन । त्यस्तै तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ । गत सिजन मनाङ मस्र्याङदीले उपाधि जितेको थियो ।